Kathmandu Press

मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने 

काठमाडौं, वैशाख २८ : मतदाता नामावलीमा नाम भएका सबैले प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्।निर्वाचन आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय...
मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने 
फाइल तस्बिर

काठमाडौं, वैशाख २८ : मतदाता नामावलीमा नाम भएका सबैले प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्।

निर्वाचन आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय  परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो।

अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्