वितरण गर्न लागिएकाे मतदाता परिचयपत्र लुटेर भागे वडाअध्यक्ष
दाेलखा, बैशाख २८ : तामाकोसी गाउँपालिका–१ भीरकोटका वडाअध्यक्षलाई प्रहरीले पक्रउ गरेकाे छ। मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा...
दाेलखा, बैशाख २८ : तामाकोसी गाउँपालिका–१ भीरकोटका वडाअध्यक्षलाई प्रहरीले पक्रउ गरेकाे छ। मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
परिचयपत्र वितरण गर्न लागेकाे समयमा १ सय २५ थान नयाँ मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर भागेकाे प्रहरीले जनाएको छ।
फरार रहेका काफ्लेलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:२५ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











