विद्यालयमा हिउँदे र बर्खे बिदा कटौती
काठमाडौं, वैशाख २८ : सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी...
काठमाडौं, वैशाख २८ : सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिनमात्रै बिदा दिनेगरी व्यवस्था गर्न सबै स्थनीय तह तथा विद्यालयलाई निर्देशन दिएको हो ।
शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले हिउँदे तथा बर्खे बिदालाई कटौती गरी क्रेडिट आवर पुर्याउन मन्त्रालयले निर्देशन दिएको हो ।
त्यस्तै शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराउन पनि मन्त्रालयको निर्देशन छ ।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











