Kathmandu Press

आफूविरुद्धका १४ आरोप  प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाकाे चुनौती

काठमाडाैं, वैशाख २८ : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती...
आफूविरुद्धका १४ आरोप  प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाकाे चुनौती

काठमाडाैं, वैशाख २८ : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन्।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन्। आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए। थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे।

यस्तै उनले चाँडै आफु कानुनी रुपमा राखेप, मन्त्रालय, फिफा लगायतका निकायमा अपिल गर्ने समेत बताए।

उनले एएफसीका पूर्वअध्यक्ष बिन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफुलाई कारबाही गरेको र त्यो सहर्ष स्विकारेर कारवाही भोगिरहेको बताए। फिफाले थापालाई १० वर्षसम्म कुनैपनि फुटबल गतिविधीमा संलग्न हुन नपाउने गरेर कारबाही गरेको थियो। 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्