Kathmandu Press

काठमाडौंका विभिन्न नाकामा भाेट दिन जानेकाे भिड

काठमाडाैं, वैशाख २८ : स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौ छाड्ने सर्वसाधारणको काठमाडौंका विभिन्न नाकामा भिड लागेको छ।वैशाख ३० गते हुने निर्वाचनमा...
काठमाडौंका विभिन्न नाकामा भाेट दिन जानेकाे भिड

काठमाडाैं, वैशाख २८ : स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौ छाड्ने सर्वसाधारणको काठमाडौंका विभिन्न नाकामा भिड लागेको छ।

वैशाख ३० गते हुने निर्वाचनमा मतदान गर्न उपत्यकाबाहिर जाने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका छाड्नेहरुले सहज रुपमा सवारी साधन नपाएको गुनासो गरेका छन्।

गाडी र यात्रुको चापका कारण बिभिन्न नाकामा ट्राफिक जाम भएको छ। निर्वाचनका लागि सर्वसाधारणहरुलाई सम्बन्धित दल र उम्मेदवारले गाडीको समेत व्यवस्था गरिदिएका छन्।

निर्वाचनका लागि उपत्यका छाड्नेको संख्या बिहीबार झन बढ्न सक्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्