Kathmandu Press

नेकपाभित्र कुनै विवाद र द्वन्द्व छैन : रायमाझी 

काठमाडौं, कात्तिक ५ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरव....

नेकपाभित्र कुनै विवाद र द्वन्द्व छैन : रायमाझी 

काठमाडौं, कात्तिक ५ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध भइरहने भएकाले अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन्।

काठमाडौंमा रिपोर्टर्स क्लबले मंगलबार गरेको साक्षात्कारमा उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ। हरेक पार्टीमा अन्तरविरोध हुन्छ। तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन। असन्तुष्टिहरु छैनन्। यो त बरु सिर्जित अन्तरविरोध हो।’

उनले हरेक पार्टीभित्र विधि र राजनीतिका विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताए। उनले भने, ‘पार्टीभित्रको आधिकारिक लाइन छ। हामी त्यहीअनुसार चलिरहन्छौं। को प्रधानमन्त्री बन्छ? को अध्यक्ष बन्छ? भन्ने कुरा विधिसम्मत हुन्छ। यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन्।’

उनले अहिले देशको राजनीतिक एजेण्डा भनेको विकास र समृद्धि नै भएको बताए।

रायमाझीले भने,‘यतिवेला दुई तिहाइ बहुमतको सरकार छ। विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ। विरोध र समर्थन छन्। अहिले भनेको पुरानो एजेण्डाको निरन्तरता होइन। कतिपयले सरकार पनि पुरानोको निरन्तरता बुझेका छन्। तर, यो होइन। हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं। विकास र समृद्धको एजेण्डामा छौं। यद्यपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन्।’
 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्