Kathmandu Press

निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण

काठमाडाैं, वैशाख २८ : निर्वाचन आयोगले विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ।निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ।...
निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण

काठमाडाैं, वैशाख २८ : निर्वाचन आयोगले विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ।

निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ। यसका साथै मतदाता परिचय पत्र वितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ।

आयोगले नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानुपर्ने आयोगले जनाएको छ।

मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा  कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ। स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ।

प्रकाशित मिति: १५:१० बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्