Kathmandu Press

सप्तरीमा मतदानस्थल परिवर्तन

सप्तरी, वैशाख २८ : सप्तरीमा एउटा मतदानस्थल परिवर्तन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी...
सप्तरीमा मतदानस्थल परिवर्तन

सप्तरी, वैशाख २८ : सप्तरीमा एउटा मतदानस्थल परिवर्तन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको  हो।

सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए। उनका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा छ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताए।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएको छ। यसमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ।

जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिसक्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए।

प्रकाशित मिति: १४:२७ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्