Kathmandu Press

सरकारका कारण गणतन्त्र गुम्ने खतरा : अध्यक्ष केसी 

काठमाडौं, कात्तिक ५ :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका कारण गणतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्।
 
....

सरकारका कारण गणतन्त्र गुम्ने खतरा : अध्यक्ष केसी 

काठमाडौं, कात्तिक ५ :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका कारण गणतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्।
 
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष केसीले सरकारका कारण गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएकाले गुम्ने खतरा रहेको बताएका हुन्। ‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ। सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ। २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ,’उनले भने।

मुलुकमा यतिवेला दुई तिहाइ बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनले बताए। उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे। 

उनले भने,‘ यथार्थमा जनताको समस्या जटिल छ। यति ठूलो संघीय प्रणाली, जसका लागि नेपालको सामर्थ्य थिएन। यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ। भाषिक समाधान हुन्छ भनियो। वास्तवमा अहिले समाधान भएको छैन।’

आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले बताए। उनले भने,‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो। अहिले नेपाली जनताको मुखमा  संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ। संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन। लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन्। यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ।’

उनले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए। अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाइ छ।
 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्