Kathmandu Press

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

सुर्खेत, वैशाख २८ : सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।सिम्ता गाउँपालिका-६ ऋषि डाँडामा मंगलबार राति झडप भएको थियो। झडपमा चार...
एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

सुर्खेत, वैशाख २८ : सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

सिम्ता गाउँपालिका-६ ऋषि डाँडामा मंगलबार राति झडप भएको थियो। झडपमा चार प्रहरी र एमालेका दुई समर्थक घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रहरीका अनुसार घाइते हुने एमाले कार्यकर्ता भनिएकाहरू ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते रहेका छन्। उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको छ। 

झडप नियन्त्रणका क्रममा प्रहरीहरू सामान्य घाइते भएको जनाइएकाे छ। उनीहरू प्राथमिक उपचारपछि निको भएर काममा फर्किसकेको जनाइएकाे छ।

कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच वादविवाद भएको र सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि पनि आक्रमण भएको जनाइएको छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्