सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस
बैतडी, वैशाख २८ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १०...
बैतडी, वैशाख २८ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ।
यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रकाशित मिति: १२:५२ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











