इन्जिनमा समस्या देखिएपछि धनगढी उडेको श्री एयरको जहाज आकस्मिक अवतरण
काठमाडौं, वैशाख २८ : धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ। उडान नम्बर–२२३ विमानको बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन...
काठमाडौं, वैशाख २८ : धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।
उडान नम्बर–२२३ विमानको बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ।
अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।
८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ।
प्रकाशित मिति: १२:४२ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











