Kathmandu Press

निर्वाचनका कारण काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा प्रभावित 

काठमाडौं, वैशाख २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित...
निर्वाचनका कारण काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा प्रभावित 

काठमाडौं, वैशाख २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।  

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले बुधबार र  बिहीबार कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । 

यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । 

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्