Kathmandu Press

तुलसीपुरमा आज उम्मेदवारी दर्ता, जेठ ३ मा मतदान

दाङ, वैशाख २८ : दाङको तुलसीपुर उपमहानगरपालिका १७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि...
तुलसीपुरमा आज उम्मेदवारी दर्ता, जेठ ३ मा मतदान

दाङ, वैशाख २८ : दाङको तुलसीपुर उपमहानगरपालिका १७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। तुलसीपुर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइनेछ। त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ।

कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो। तुलसीपुर १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ। (रासस)

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्