यस्तो छ तथ्यांकमा स्थानीय निर्वाचन
काठमाडौं, वैशाख २८ : स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु भएसँगै प्रचारप्रसार रोकिएको छ भने अब मतदान गर्न मात्रै बाँकी छ।निर्वाचन आयोगका...
काठमाडौं, वैशाख २८ : स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु भएसँगै प्रचारप्रसार रोकिएको छ भने अब मतदान गर्न मात्रै बाँकी छ।
निर्वाचन आयोगका अनुसार चुनाव नहुँदै विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। जसमा ६ वटा वडाध्यक्ष र ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन्।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्नेछ। उनीहरुले देशका ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित गर्नेछन्।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन्।
स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन।
स्थानीय निर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्र गरी एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमा ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष उम्मेदवार छन्।











