मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने
काठमाडौं, वैशाख २७ : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगका प्रमुख निर्वाचन...
काठमाडौं, वैशाख २७ : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका र नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।
मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने भन्दै नागरिकताले पनि पाउने गरी व्यवस्था गरिएको बताएका हुन् ।
प्रकाशित मिति: १९:४४ बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











