Kathmandu Press

मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो : अध्यक्ष ओली

झापा, बैशाख २७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई...
मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो : अध्यक्ष ओली

झापा, बैशाख २७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताएका छन। झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गरे।

देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गरे। ओलीले आजै मोरङको मिक्लाजुङ, झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी  सभालाई सम्बोधन गरे।

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्