निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने

काठमाडौं, वैशाख २७ : शुक्रबार हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने भएका छन् ।
यस्तै ६५ हजार ८ सय ६५ जना स्वयम् सेवक समेत खटिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
उनले निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएको पनि जानकारी दिए । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











