एमाले प्रवेश गर्दै पुण्य गौतमले भने– म नारकीय यात्राबाट फर्किएको छु
काठमाडौं, वैशाख २७ : पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा एमालेको चुनावी सभाका बीच गौतम एमाले प्रवेश गरेका हुन्। उनलाई एमाले अध्यक्ष...
काठमाडौं, वैशाख २७ : पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्।
मंगलबार काठमाडौंमा एमालेको चुनावी सभाका बीच गौतम एमाले प्रवेश गरेका हुन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा पुण्य गौतम नेकपा एकिकृत समाजवादीबाट एमालेमा प्रवेश गरेको बताइएको छ ।
एमाले प्रवेश गर्दै गौतमले अध्यक्ष ओलीलाई विश्व राजनेता समेत भन्न भ्याए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेर पृथ्वीनारायण शाहले जस्तै काम गरेको बताए।
गौतमले नेकपा एकीकृत समाजवादीले युवाहरुलाई सुरुङमा छिराएको बताए । युवाहरुलाई कांग्रृेसमा प्रव्ेश गराउने खतरा बढ्यो, म नरकीय यात्राबाट फर्किएको छु,’ उनले भने।
प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











