Kathmandu Press

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौं, वैशाख २७ : नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी...
महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौं, वैशाख २७ : नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन्। 

उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन् । उनीहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुपै्र तन्नेरीले चार तारे झण्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गरेका छन्। 

अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतीका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। साथै उनले कस्तो समाज र राजनीति चाहने भन्ने सम्बन्धमा मत दिनुअघि मनलाई सोध्नसमेत आग्रह गरेका छन्। 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्