सार्वजनिक मञ्चबाटै केशव स्थापितले मागे ‘माफी’
‘मेरो वाणीबाट कसैलाई चोट पुगेको छ भने माफी पाउँ,’ मञ्च बाट उनले भने।
काठमाडौं, वैशाख २७ : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी केशव स्थापितले मञ्चबाटै माफी मागेका छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्थापितले सार्वजनिक माफी मागेका हुन् । ‘मेरो वाणीबाट कसैलाई चोट पुगेको छ भने माफी पाउँ,’ मञ्च बाट उनले भने।
स्थापितले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार भइरहँदा कम्तिमा एकपटक माफी पाउनुपर्ने समेत बताएका छन् । ‘मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ,’ स्थापितले भने, ‘मेरो हाउभाउले कसैलाई दुःख भएछ, पीडा भएछ भने माफ पाउँ।’
प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











