Kathmandu Press

प्रधानमन्त्री र मेराबीच केही असमझदारी छैन : प्रचण्ड

पाँचथर, कात्तिक ५ :  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच केही असमझदारी नरहेको बताएका छन्....

प्रधानमन्त्री र मेराबीच केही असमझदारी छैन : प्रचण्ड
रासस

पाँचथर, कात्तिक ५ :  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच केही असमझदारी नरहेको बताएका छन्।

मंगलबार पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मिडियामा आएजस्तो कुनै असमझदारी नरहेको उनको भनाइ थियो। ‘प्रधानमन्त्री र मेराबीच केही असमझदारी छैन। भ्रममा नपर्नुस्,’ प्रचण्डले भने।

उनले सोमबार मात्रै प्रधानमन्त्रीसँग छलफल भएको बताए। दुवै जनाबीच दुई घण्टा कुराकानी भएको उनको भनाइ थियो।

प्रचण्डले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताए।

मन्त्री फेरबदलका विषयमा सोधिएको प्रश्नमा उनले मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीको भएको उल्लेख गरे।  ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, उहाँले जतिबेला चाहनुहुन्छ त्यतिबेला परिवर्तन हुन्छ,’ प्रचण्डले भने।

सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंथ्याउने विषयमा समझदारी भएको बताए। द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने उनको विश्वास थियो।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्