Kathmandu Press

 शासक होइन जनताको सेवक बन्न उम्मेदवारी दिएकी हुँ : सुनिता डंगोल

काठमाडौं, वैशाख २७ : काठमाडौं महानगरपालिको उपमेयरका लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफू शासक बन्न नभई जनताको सेवक बन्न उम्मेदवारी दिएको बताएकी छन्।काठमाडौंमा...
 शासक होइन जनताको सेवक बन्न उम्मेदवारी दिएकी हुँ : सुनिता डंगोल

काठमाडौं, वैशाख २७ : काठमाडौं महानगरपालिको उपमेयरका लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफू शासक बन्न नभई जनताको सेवक बन्न उम्मेदवारी दिएको बताएकी छन्।

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डंगोलले जनताले सेवक बन्ने शौभाग्य प्रदान गर्नेमा आफू विश्वस्त रहेको पनि बताएकी छन्। ‘मेरो ज्ञान, सिप क्षमता, भिजन र योजनाहरु काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भनिन्। 

डंगोलले महानगरभित्र जनचेतना अभिवृद्धि, सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय  शिक्षालाई जोड दिने उनले बताइन्  । ‘त्यसका लागि जनताबाटै सल्लाह र सुझावको अपेक्षा गर्छु,’ उनले भनिन्। 

उनले अन्य उम्मेदवारहरुले काठमाडौंलाई विश्वका ठूला सहरसँग बनाउने आश्वासन दिएको बताइन् । ‘काठमाडौंलाई कुनै शहरजस्तो बन्न आवश्यक छैन, काठमाडौंलाई काठमाडौं र साँच्चिकै कान्तिपुरी नगरी बनाउन जोड दिएर अगाडि बढ्नेछु,’ उनले भनिन्। 

उनले स्थानीय तह निर्वाचनबाट आफू र आफ्नो नेतृत्वले जित्ने विश्वास व्यक्त गरेकी छन् । महानगरपालिका र त्यसअन्तर्गतका ३२ वटै वडामा एमालेको जित सुनिश्चित रहेको उनले बताइन् ।
 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्