Kathmandu Press

बहुविवाह मुद्दापछि निर्माता छविराज ओझा फरार

काठमाडौं, कात्तिक ५ : बहुविवाहको मुद्दा खेपिरहेका चलचित्र निर्माता छविराज ओझा फरार भएका छन्।  

छविले नायिका शिल्पासँग अर....

बहुविवाह मुद्दापछि निर्माता छविराज ओझा फरार

काठमाडौं, कात्तिक ५ : बहुविवाहको मुद्दा खेपिरहेका चलचित्र निर्माता छविराज ओझा फरार भएका छन्।  

छविले नायिका शिल्पासँग अर्को विहे गरेको भन्दै जेठी पत्नी हेमाले बहुविवाहको मुद्दा दिएकी थिइन्। मुद्दा परेसँगै महानगरीय प्रहरी परिसर, काठमाडाैंले जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिएको थियो। अदालतले ओझालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपनि  पक्राउ गर्न प्रहरी असफल भएको छ। 

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत उनी फरार रहेको अदालतलाई जानकारी दिएको छ।प्रहरीले उनी फरार रहेको जानकारी दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले असोज २८ गते जिल्ला अदालतमा मिसिल बुझाएको छ।

‘सरकारी वलिकले छविराज ओझा फरार रहेको भन्दै बहुविवाह मुद्दाको मिसिल बुझाएको छ, अब अदालती प्रक्रियामा जान्छ,’ जिल्ला अदालत काठमाडौंका अधिकृत टीकासिंह खत्रीले भने।

छवि र हेमाबीच २०४१ सालमा विहे भएको थियो। केही समयपछि छवि नायिका गीताञ्जली सुनुवारसँग नजिकिएपछि हेमा छुट्टै बस्न थालेकी थिइन्।

गीताञ्जलीले आत्महत्या गरेपछि निर्माता छविले नायिका रेखा थापासँग बिहे गरेका थिए। तर, पछि छवि र रेखाबीच सम्बन्ध विच्छेद भएको थियो। रेखासँग सम्बन्ध विच्छेद भएपछि छविले नायिका शिल्पासँग बिहे गरेका थिए।

तर, असारमा छवि र शिल्पाबीच विवाद भएको थियो। छविले हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा पुगेकी थिइन्। दुवैबीच सहमतिमा विवाद टुङ्गिएको थियो।
त्यसपछि भने हेमालले बहुविवाहको मुद्दा दिएकी हुन्। उनले बिहे दर्ता गरेको खबर पाएपछि मुद्दा दिएको बताएकी थिइन्।

उनकै मुद्दामा प्रहरीले छवि ओझा फरार रहेको जानकारी अदालतलाई दिएको हो। अब बहुविवाहको मुद्दा छवि पक्राउ नपरेपनि अदालती प्रक्रियामा जानेछ। यसमा दोषी ठहर भए उनलाई एकदेखि पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, कात्तिक ५, २०७६