Kathmandu Press

गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडाैं, वैशाख २७ : गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् ।सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका...
गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडाैं, वैशाख २७ : गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् ।सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए। 

गृहमन्त्री खाणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिएका गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेले जानकारी दिए।

गृहमन्त्री खाणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुगेका थिए। 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्