Kathmandu Press

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिकाकी उपमेयर उम्मेदवार कुर्मीको निधन 

काठमाडौं, वैशाख २९ : कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकी उपमेयर उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेकी कुर्मीको गएराती हृदयघातका कारण...
कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिकाकी उपमेयर उम्मेदवार कुर्मीको निधन 

काठमाडौं, वैशाख २९ : कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकी उपमेयर उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेकी कुर्मीको गएराती हृदयघातका कारण निधन भएको हो। 

उनी महाराजगञ्ज नगरपालिकाकी निवर्तनमान उपप्रमुख समेत हुन् । हुदयघात भएपछि कुर्मीलाई सोमबार तौलिहवास्थित जिल्ला अस्पताल पुर्याइएको थियो । गएराति १ बजे उनको निधन भएको बताइएको छ। 

उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।

उनले निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्