१३औं सागकी स्वर्ण विजेता सन्जु मृत फेला
काठमाडौंमा आफन्तसँग बस्दै आएकी सन्जु प्रशिक्षक महर्जनको घरमा भोजमा गएकी थिइन् । राति त्यहिँ बसेकी सन्जु मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
काठमाडौं, वैशाख २७ : १३ औं सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन्। ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएकी हुन्।
काठमाडौंमा आफन्तसँग बस्दै आएकी सन्जु प्रशिक्षक महर्जनको घरमा भोजमा गएकी थिइन् । राति त्यहिँ बसेकी सन्जु मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाको पूरा विवरण खुल्न बाँकी छ । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गरेको छ।
नेपालगन्ज घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । उनी एसियन गेम्सको तयारीमा थिइन्।
प्रकाशित मिति: १०:३० बजे, मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार