Kathmandu Press

गृह जिल्लामा प्रधानमन्त्रीका आज दुई चुनावी सभा

डडेल्धुरा, वैशाख २७ : चुनावी प्रचार प्रसारका क्रममा गृह जिल्ला पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई...
गृह जिल्लामा प्रधानमन्त्रीका आज दुई चुनावी सभा

डडेल्धुरा, वैशाख २७ : चुनावी प्रचार प्रसारका क्रममा गृह जिल्ला पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवा सोमबार साँझ गृह जिल्ला डडेल्धुरा पुगेका हुन्। उनले सोमबार गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि डडेल्धुरा पुगेका छन्। आज दुवै जनाले डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कांग्रेस डडेल्धुराका अनुसार आज बिहान १० बजे सदरमुकामस्थित बसपार्कमा चुनावी सभा आयोजना गरिएको छ। प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलले सदरमुकाममा चुनावी सभा सम्बोधन गर्ने भएका छन्।

त्यसपछि दिउसो २ बजे परशुराम नगरपालिकाको लालढुङ्गा बजारमा चुनावी आयोजना गरिएको छ। दुवै नेताले लालढुंगाको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्री देउवा केही दिनदेखि सुदूरपश्चिममा छन्। उनले सोमबार धनगढीमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्