Kathmandu Press

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, दुई जना घाइते

रोल्पा, वैशाख २७ : रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी...
रोल्पामा कांग्रेस र माओवादीबीच झडप, दुई जना घाइते

रोल्पा, वैशाख २७ : रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेमा तरुण दलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

तरुण दलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए। (रासस)

प्रकाशित मिति: ०८:०४ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्