Kathmandu Press

'बीच्च बीचमा' गीतका गायक दुर्गेश थापा पक्राउ

काठमाडौं, कात्तिक ६ : चर्चित गीत ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीतका गायक दुर्गेश थापा पक्राउ परेका छन्।

मंगलबार महानगरीय....

'बीच्च बीचमा' गीतका गायक दुर्गेश थापा पक्राउ

काठमाडौं, कात्तिक ६ : चर्चित गीत ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीतका गायक दुर्गेश थापा पक्राउ परेका छन्।

मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले उनलार्य काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। उनलाई ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।

सामाजिक मूल्य मान्यता विपरित गीत गाएको भन्दै उजुरी परेको थियो। उनले तिहारलाई लक्षित गरी ल्याएको गीत ‘ह्याप्पी तिहार चिसो बियर’मा बियर खादै गरेको, भाङ खाएको विषय समेटिएको छ।

उजुरी परेपछि महानगरीय प्रहरीले उनलाई सोमबार बोलाएको थियो। उनी नआएपछि आज पक्राउ गरिएको जनाएको छ।

‘ह्याप्पी तिहार, चिसो बियर’ गीत

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्