Kathmandu Press

मुम्बई कोलकातासँग ५२ रनले पराजित

काठमाडौं, वैशाख २७ : इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स् गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ५२ रनले पराजित भएको छ।यो सिजनमा...
मुम्बई कोलकातासँग ५२ रनले पराजित

काठमाडौं, वैशाख २७ : इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स् गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ५२ रनले पराजित भएको छ।

यो सिजनमा मुम्बईले खराब प्रदर्शन गर्दै आएको छ। अहिलेसम्म खेलेका ११ खेलमध्ये ९ खेल हारिसकेको छ।

गएराति भएको खेलमा कोलकताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा ११३ रनमै समेटियो।

मुम्बईका लागि इशान किशनले ५१, केइरन पोलार्डले १५, टिम डेभिडले १३ र रामनदीप सिंहले १२ रन बनाएका थिए।

कोलकताका लागि पाट कुमिन्सले तीन, आन्द्रे रसेलले दुई तथा टिम साउथी र वरूण चक्रवर्तीले एक एक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कोलकताले नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कोलकताका लागि वेङकेटेश अयर र नितिश रानाले समान ४३ रन बनाएका थिए। त्यस्तै, अजिन्के रहाणेले २५ र रिङ्कु सिंहले २३ रन बनाएका थिए।

त्यस्तै, मुम्बईका लागि जसप्रित बुम्राहले पाँच विकेट लिएका थिए। त्यस्तै, कुमार कार्तिकेले दुई तथा डानिल साम्स र मुर्गान आश्विनले समान एक एक विकेट लिएका थिए।

 

प्रकाशित मिति: ०७:२८ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्