Kathmandu Press

चुनावी प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि

काठमाडौं, वैशाख २७: स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो भने मध्यरातिबाट मौन अवधि शुरु हुँदै छ।वैशाख ३० गते स्थानीय...
चुनावी प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि

काठमाडौं, वैशाख २७: स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो भने मध्यरातिबाट मौन अवधि शुरु हुँदै छ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। मतदाता शुरु हुनुभन्दा ४८ घण्ट अघि मौन अवधि रहने गरेको छ। यो समयमा चुनावी प्रचार प्रसार गर्न पाइँदैन।

निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने जनाएको छ। यो अवधिमा चुनावी प्रचारप्रसार नगर्नृ आयोगले आग्रह गरेको छ।

यससँगै सामाजिक सञ्जालमा पनि मौन अवधिका समयमा प्रचारप्रसार गर्न रोक लगाइएको छ। निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आयोगले निर्देशन दिएको छ।

मौन अवधि शुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गरे। यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

त्यस्तै, आज राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मदिराको विक्री वितरणमा रोक लगाइएको छ। कसैले सेवन गरेको पाइएमा पनि कारबाही हुने आयोगले जनाएको छ।

प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्