Kathmandu Press

मतदान केन्द्रमा स्वास्थ्यकर्मी र औषधि के कति ?

काठमाडौं, वैशाख २६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि हरेक मतदान केन्द्रमा कम्तीमा एक वा सोभन्दा बढी स्वास्थ्यकर्मी खटाउनुका साथै प्राथमिक उपचारका लागि औषधि...
मतदान केन्द्रमा स्वास्थ्यकर्मी र औषधि के कति ?
फाइल फोटो

काठमाडौं, वैशाख २६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि हरेक मतदान केन्द्रमा कम्तीमा एक वा सोभन्दा बढी स्वास्थ्यकर्मी खटाउनुका साथै प्राथमिक उपचारका लागि औषधि तथा आवश्यक उपकरणको पनि व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हरेक केन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी अनिवार्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘स्थानीय चुनावकै लागि मात्र हरेक केन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी खटाउने प्रावधान राखिएको छ ।

Hardik ivf

स्वास्थ्यकर्मी नभएका केन्द्रमा मतदान कार्यक्रम नगर्न निर्देशन दिएका छौँ,’ उनले काठमाडौं प्रेससँग भने, ‘सम्भव भएसम्म मतदान केन्द्रमा हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर केन्द्रलाई पायक पर्ने गरी एम्बुलेन्सको पनि व्यवस्था गर्न भनेका छौँ । तर, सबै केन्द्रमा यो सम्भव नहुने भएकाले स्थानीय तहबाटै यसको व्यवस्था हुन्छ ।’

कोभिड– १९ पूर्णतः निर्मूल नभएको अवस्थामा हरेक केन्द्रमा मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्रीको पनि व्यवस्था गरिने सहप्रवक्ता अधिकारीले जानकारी दिए । 

कुल २२ हजार मतदान केन्द्रमध्ये सबै केन्द्रमा मास्क र सेनिटाइजर लगायत प्राथमिक उपचारका सामग्री पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘सरकारले कोरोना नियन्त्रणका लागि तोकिएको जनस्वास्थ्यका मापदण्डलाई हरेक केन्द्रमा पालना गर्ने र गराउने योजना छ,’ उनले भने ।

मतदान केन्द्रमा झडप वा ठूलो घटना भएमा नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्न पनि निर्देशन दिइसकिएको उनी बताउँछन् । ‘स्वास्थ्यतर्फका सबै जिम्मा मतदान केन्द्र व्यवस्थापन समितिलाई नै दिइएको छ,’ उनले भने । 

प्रकाशित मिति: २०:२१ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्