Kathmandu Press

जिम्बावेविरुद्वको एकदिवसीय सिरिज नेपाललाई 

काठमाडौं,  वैशाख २६ : नेपालले जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै...
जिम्बावेविरुद्वको एकदिवसीय सिरिज नेपाललाई 

काठमाडौं,  वैशाख २६ : नेपालले जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । 

टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे । 

रोहित पौडेल खाता नखोल्दै आउट भए । विनोद भण्डारी २८ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । 

मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले । नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । 

सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलेको हो ।

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्