नेकपा सरकारले जनमतको सम्मान गर्न सकेन् : महामन्त्री थापा
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना...
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् ।
नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन् । नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको थापाका् आरोप थियो ।
नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली काग्रेसको नेतृत्वमा तिन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे । थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउदै जसलाई जहा भेटिन्छ त्यहा गठबन्धन गरेको आरोप लगाएका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
प्रकाशित मिति: १८:४३ बजे, सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











