Kathmandu Press

पोखराका बागी उम्मेदवार कार्कीद्वारा सत्ता गठबन्धनलाई सघाउने घोषणा

काठमाडौं, वैशाख २६ : पोखरा महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले सत्ता गठबन्धनलाई सघाउनेगरी आफू पछाडि हट्ने निर्णय लिएका छन्।उनले आज...
पोखराका बागी उम्मेदवार कार्कीद्वारा सत्ता गठबन्धनलाई सघाउने घोषणा

काठमाडौं, वैशाख २६ : पोखरा महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले सत्ता गठबन्धनलाई सघाउनेगरी आफू पछाडि हट्ने निर्णय लिएका छन्।

उनले आज (सोमबार) एक विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको र गठबन्धनलाई सघाउने निर्णय लिएको बताएका हुन्।

‘साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, विज्ञप्तिमा उनले भनेका छन्,  ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ।’

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा  नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्।

उनले सबै मतदातालाई मेयरमा कलम र उपमेयरमा रुखमा मत दिन आफ्ना शुभच्छुकहरुलाई आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्