Kathmandu Press

निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं, वैशाख २६ : सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ।आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३०...
निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं, वैशाख २६ : सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको गृहद्वारा आज (सोमबार) जारी विज्ञप्तिमा उल्लेख छ। 

केही समयअघि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा सरकारलाई सुझाएको थियो। 

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्