बूढानीलकण्ठलाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने चालिसेको योजना
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसे घरदैलो कार्यक्रममा छन् ।स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाकै टोल...
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसे घरदैलो कार्यक्रममा छन् ।स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाकै टोल र कांग्रेसकै युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा चालिसेप्रति स्थानीय मतदाताहरु बढी आशावादी देखिन्छन्।
पार्टी राजनीतिमा सक्रियतासँगै लेखन तथा अध्यापनमा जीवनको साँढे ३ दशक बिताएका चालिसे ४६ वर्षका भए । उर्जाशील उमेरमा मेयर पदको संघारमा रहेका चालिसे हेर्न, घुम्न र बस्नलायक बुढानिलकण्ठको जीवन्त सपना देखेको बताउँछन् । सहरी विकासको एउटा सुन्दर परिकल्पना गरि आफ्नो योजना र प्रतिबद्धता बोकेर चालिसेले समृद्ध बुढानिलकण्ठको योजना बनाएका छन् ।
चालिसेले प्रदुषणरहित, हरियाली, सुरक्षित र व्यवस्थित बसाइको स्वरूपमा ढाँचा तयार पारेका छन् । विगत पाँचवर्षमा जनप्रतिनिधिले गरेका बिबिध व्रम्हलुटदेखि जनताको आकांक्षा र अपेक्षामाथिको तुषारापातका अनगिन्ति र असरल्ल व्यथालाई सम्बोधन गर्ने उनको लक्ष्य छ । बेथिति र विसंगतिबाट नगरपालिकालाइ उठाउँदै समुन्नत बुढानिलकण्ठको सपना र योजना बोकेर चालिसे चुनावी मैदानमा होमिएका हुन्।

सरकारीको सम्पत्तिको दुरूपयोग र प्राकृतिक श्रोतका दोहन नगर्ने प्रतिबद्धता व्यक्त गरेका चालिसे जीवन्त सहरको एजेन्डालाई मूर्त रुप दिन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । उनको प्रतिबद्धतापत्रमा ‘मेयर साब’को सट्टा ‘जनताको सेवक’ बन्ने लेखिएको छ।
विधिको साशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायी मेयरको परिकल्पनाभित्र नगरको भूउपयोग नीति, सहरी विकास प्राधिकरणको मापदण्डका आधारमा भौतिक संरचना तथा विकास निर्माणदेखि खेतीयोग्य जमिनको उचित संरक्षणमा स्थानीयलाइ प्रेरित गरेर ‘बुढानिलकण्ठको तरकारी बुढानिलकण्ठमा’ भन्ने अवधारणामा कृषि तथा कृषि उपजलाइ प्राथमिकरण गरि तरकारीमा आत्मनिर्भर बनाउने उनको योजना छ।

चालिसेको प्रतिबद्द्धता पत्रमा स्थानीय मौलिक धार्मिक तथा सांस्कृतिक धरोहर, मन्दिर, जात्रा, पर्व, भाषा साहित्य, कला संस्कृतिको विकास सम्बर्धन र संरक्षणलाइ प्रभावकारीरूपमा चित्रित गरिएको भेटिन्छ। काठमाडौँ उपत्यकाको सभ्यतासँग सानिध्यता राख्ने बुढानिलकण्ठ मन्दिरलाइ धार्मिक वातावरणयुक्त तथा क्षेत्र विकास समितिलाइ पूर्णता दिँदै विश्व सम्पदा सूचिमा राख्ने प्रयास गरिने उनले बताएका छन् ।
यसैगरी, उनले लिच्छविकालीन वस्ती तथा सम्पदालाइ कंक्रिटरहित परम्परागत मौलिक पहिचानलाइ जीवन्त राख्ने विषयलाई पनि प्राथमिकता दिएका छन्।











