Kathmandu Press

समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन्...
समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् । 

नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।’

जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उनले बताए।  नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले आज विकासमा निक्कै फड्को मारेको उदाहरण दिँदै   भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उनले बताए।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्