Kathmandu Press

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडाैं, वैशाख २६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको...
ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडाैं, वैशाख २६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ।

भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन्। उनले कोभिड-१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरे।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, 'जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ। यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु।' 

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए।

उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नु भएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताए।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्