छिटोछरितो न्याय सबैका लागि न्याय भन्ने नारासहित मनाइयाे कानुन दिवस
काठमाडाैं, वैशाख २६ : छिटोछरितो न्याय, सबैका लागि न्याय भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ।दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा...
काठमाडाैं, वैशाख २६ : छिटोछरितो न्याय, सबैका लागि न्याय भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ।
दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, पूर्व प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै कार्यक्रममा सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुलाई सम्मान गरेको थियो। २००८ सालमा ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ।
नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतालाई जोड दिइँदै आएको छ।











