विप्लव पार्टीका नेता गुणराज लोहनी पक्राउ
काठमाडौं, कात्तिक ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन्।
मंगलबार बिहान सादा पोसाकमा....

काठमाडौं, कात्तिक ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन्।
मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको छ। सादा पोसाकमा रहेका प्रहरीले उनलाई चितवनको भरतपुर महानगरपालिका–११ बसेनीस्थित घरबाटै पक्राउ गरेको जनाएको छ।
उनी नेकपाको केन्द्रीय सदस्य थिए। तर, स्वास्थ्य समस्याका कारणलाई उनलाई केन्द्रीय सदस्यबाट विदाइ गरेको नेकपाले सोमबार विज्ञप्ति जारी गरी जनाएको थियो।
जिल्ला प्रहरी कार्यालय, चितवनको टोली पक्राउ गरेको जनाएको छ।
प्रकाशित मिति: १०:५० बजे, मंगलबार, कात्तिक ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











