गठबन्धन धेरै दिन नटिक्ने ओलीकाे दाबी
काठमाडाैं, वैशाख २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन्।सोमबार एमाले किर्तिपुर निर्वाचन परिचालन कमिटीले...
काठमाडाैं, वैशाख २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन्।
सोमबार एमाले किर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउँदै, तर्साउदै हिँडिरहेकाले गठबन्धन अब घेरै दिन नटिक्ने दाबी गरेका हुन्।
उनले गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिटै ढल्ने टिप्पणी गरे। अध्यक्ष ओलीले अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्धा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरु अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने बताए।
कुनै उदेश्य नभएका दलहरुको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनुमात्र रहेको उनको भनाइ छ।
आफ्नो पार्टीले चूनाव जिते युवाहरुलाई मलेशिया पठाउने र चूनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उनले बताए।
अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्ने जिकिर गरे।











