Kathmandu Press

विप्लव नेकपाकाे असन्तुष्ट पक्षद्वारा नेकपा (बहुमत) पार्टी गठनको घोषणा

काठमाडाैं, वैशाख २६ : नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका छन्।आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले...
विप्लव नेकपाकाे असन्तुष्ट पक्षद्वारा नेकपा (बहुमत) पार्टी गठनको घोषणा

काठमाडाैं, वैशाख २६ : नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका छन्।

आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपाका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका हुन्।

असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेकपा बहुमतका संयोजक बास्तोलाले पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्न बाध्य भएको र नेकपा (बहुमत) गठन गर्नुपरेको जानकारी दिए।

एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको उनले बताए।

बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको र पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको जानकारी दिए।

यसअघि पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउदै बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो। भेलाले नेकपा (बहुमत) नाममा पार्टीको पुनर्गठन गरेको बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्