Kathmandu Press

नेपालविरुद्ध ब्याटिङमा जिम्बावे

काठमाडौं, वैशाख २६ : जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि जिम्बावे ब्याटिङमा उत्रिएको छ।ताजा अवस्थामा जिम्बावेले...
नेपालविरुद्ध ब्याटिङमा जिम्बावे

काठमाडौं, वैशाख २६ : जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि जिम्बावे ब्याटिङमा उत्रिएको छ।

ताजा अवस्थामा जिम्बावेले ७ ओभरमा ५५ रन बनाउँदा १ विकेट गुमाएको छ। नेपाललाई किशोर महतोले सफलता दिलाएका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। 

दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन्। एकदिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो। पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो। 
त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो। सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्