Kathmandu Press

नेपालको आर्थिक आधार नै कांग्रेसले खडा गरेको हो : प्रवक्ता महत 

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपालको आर्थिक आधार नै कांग्रेसले खडा गरेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता...
नेपालको आर्थिक आधार नै कांग्रेसले खडा गरेको हो : प्रवक्ता महत 

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपालको आर्थिक आधार नै कांग्रेसले खडा गरेको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले देशलाई ऋणमुक्त गर्दै ढाट लागु गरेर, करको दायरा विस्तार गर्दै देशभित्रै प्रशस्त राजस्व सिर्जना गर्ने पार्टी कांग्रेस रहेको बताए।

कांग्रेसले नै उदार आर्थिक नीतिका आधारमा उद्योग व्यवसाय, कलकारखाना र पर्यटन विकासको आधारशीला स्थापना गरेको बताए । ‘उद्योग, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा, हरेक क्षेत्रमा नेपाली कांग्रेसले अग्रणी भूमीका निर्वाह गर्यो। कांग्रेसकै नेतृत्वमा यो सम्भव भएको हो,’ उनले भने। 

प्रवक्ता महतले नेपाललाई २ प्रतिशत आर्थिक वृद्धिदरबाट ७ प्रतिशत पुर्याउने पार्टी पनि नेपाली कांग्रेस नै रहेको जिकिर गरे। उनले देशमा हिंसाको अन्त्य नभएको भए विकासले अर्को फड्को मार्ने बताए । ‘नेपालभित्र स्थानीय निकायको स्वायत्तता सुरुवात गर्ने पार्टी पनि नेपाली कांग्रेस नै हो,’ उनले भने। 

उनले सामुदायिक वनको अवधारणा ल्याएर  नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी पनि नेपाली कांग्रेस नै रहेको बताए । ‘हामीलाई नीति नभएको पार्टी, नेपाली कांग्रेसले जुन नीति र कार्यक्रमलाई कार्यान्वयन गर्यो त्यसको ब्याज सावाँ सहित खाने पार्टी एमाले हो,’ उनले भने।  

कांग्रेसले ल्याएको उदार नीतिका कारण जताततै उद्योग व्यवसायहरु फस्टाउन थालेको उनले बताए बताए।  

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्