Kathmandu Press

कतारमा अत्यधिक गर्मी, बाहिर पनि एसी

अत्यधिक गर्मी बढेपछि कतारका सडक र आउटडोर मार्केट लगायत खुला स्थानमा पनि एयर कन्डिसनर जडान गरिएको छ।

गर्मीमा कतारको तापक्रम ४५ डिग्रीसम्म पुग्छ। नोभेम्बरदेखि ....

कतारमा अत्यधिक गर्मी, बाहिर पनि एसी

अत्यधिक गर्मी बढेपछि कतारका सडक र आउटडोर मार्केट लगायत खुला स्थानमा पनि एयर कन्डिसनर जडान गरिएको छ।

गर्मीमा कतारको तापक्रम ४५ डिग्रीसम्म पुग्छ। नोभेम्बरदेखि हुने विश्वकपको तयारी स्वरूप रंगशालामा पनि वातानुकुलन (एअर कन्डिशनिङ्ग) गर्न सुरू गरिएको छ। सडकका पेटी र आउटडोर शपिङ मलहरूमा विशाल कुलर जडान गरिएका छन्।

तर बाहिर जडान गरिएको वातानुकुलन (एअर कन्डिशनिङ्ग)  सुविधा एउटा दुष्चक्रम हो। त्यसमा जैविक इन्धनबाट उत्पादन गरिएको विद्युत प्रयोग हुन्छ। यसले अझ धेरै कार्बन डाइअक्साइड उत्पादन गर्दछ। यही नै जलवायु संकटको मुख्य कारण हो। विश्व बैंकले जनाए अनुसार कतारमा प्रति व्यक्ति हरितगृह ग्यास सबैभन्दा धेरै उत्पादन हुन्छ। शितलका लागि कतारले अमेरिकाभन्दा तीन गुणा र चीनभन्दा छ गुणा बढी अर्थात् ६० प्रतिशत विद्युत चिसो हावाका लागि प्रयोग हुन्छ।

Hardik ivf

 इन्टरनेश्नल डिस्ट्रिक्ट कुलिङ एन्ड हिटिङ कन्फेरेन्स अनुसार सन् २०३० सम्म देशको चिसो बनाउने क्षमता र उत्सर्जन सन् २०१६ भन्दा दोब्बर बढ्ने अपेक्षा गरिएको छ।
“वातानुकुलन (एअर कन्डिशनिङ्ग) सेवा बन्द गरे सहनै नसकिने गर्मी हुनेछ। काम गर्नै सकिन्न,” गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डिभेलोप्मेन्टका संस्थापक युसुफ अल हुरले भने।

मध्यपूर्वमा तीव्र रूपले बढिरहेका शहरी क्षेत्रमा केही शहरहरू बस्नै नसकिने गर्मी हुने केहीले अनुमान गरेको कतार इन्भाइरोन्मेन्ट एन्ड इनर्जी रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान निर्देशक मोहम्मद अय्युबले बताए।  

“हामी अहिले नै उच्च तापक्रम भएका क्षेत्रमा ४ देखि ६ डिग्री सेल्सियस तापक्रम वृद्धिको कुरा गरिरहेका छौं,” अय्युबले भने। आर्द्रताका कारण यो खतरा गम्भीर छ। आर्द्रता एकदमै बढी हुँदा छालाबाट हुने वाष्पिकरण सुस्त हुन्छ वा रोकिन्छ।

“गर्मी र सापेक्षिक आर्द्रता भए शतप्रतिशत नजिक भए, शरीरले नै उत्पादन गर्ने तापका कारण ज्यान जानसक्छ,” जर्मनीस्थित म्याक्स प्लाङ्क इन्स्टिट्युट फर केमिस्ट्रीका जोस लेलिभेल्डले भने।  विपद् रोकथाम गर्ने अन्तर्राष्ट्रिय लक्ष्य अर्थात् प्रि इन्डष्ट्रियल टाइम्सभन्दा कतारको तापक्रम २ डिग्री बढी छ।

जलवायु परिवर्तनको असमान प्रकृति र निर्माण कार्यमा भएको वृद्धिका कारण यस्तो भएको वैज्ञानिकहरू बताउँछन्। यसले राजधानी दोहाको जलवायु पनि प्रभावित भएको उनीहरू बताउँछन्। सन् २०१५ को पेरिस जलवायु सम्मेलनले तापक्रमलाई १.५ डिग्रीभन्दा तल राख्नु नै उपयुक्त भएको सहमति गरेको छ। गर्मीमा रातको तापक्रम ३२ डिग्रीसम्म बिरलै पुग्ने गरेको छ। सन् २०१० मा आएको हिटवेभमा तापक्रम हालसम्मकै उच्च ५०.४ डिग्री पुगेको थियो।

सोक वकिफ बजारका रेस्टुरेन्ट र साना होटेलहरूमा ३ फिटका एयर कन्डिसनर जडान गरेर ग्राहकलाई चिसो हावा उपलब्ध गराइन्छ। जर्मनीको एउटा टेलिभिजनले प्रसारण गरेको समाचार अनुसार पछिल्ला वर्षहरूमा कतारमा सयौं विदेशी कामदारको मृत्यु भएको छ। यसले बाहिर गरिने कामसम्बन्धी नयाँ व्यवस्था गर्नुपर्ने वातावरण सिर्जना भएको हो।

सरकारले विश्वकप “कार्बन न्युट्रल” हुने बताएको छ। हालै मात्र दश लाख रूख रोप्ने योजना पनि सार्वजनिक गरिएको छ। एक जना विशेषज्ञले यसलाई यथार्थपरक नभएको बताएका छन्।

गर्मीका कारण फुटबलप्रेमी फ्यानहरूलाई पर्ने प्रभावलाई विचार गर्दै कतार विश्वकपलाई पाँच महिनापछि धकेल्ने निर्णय गरिएको हो। नयाँ बनाइएको अल जानुब रंगशालामा ४० हजार सिटमुनिबाट चिसो हावा फ्याँकिनेछ। चिसो हावा गह्रौं हुने भएकोले त्यसका लहरहरू फुटबल पिचसम्म पुग्नेछ। 

अघिल्लो महिना दोहाले सन् २०१९ को वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गर्योट। प्रतियोगितमा महिलाको म्याराथन मध्यरातमा आयोजना गरियो। पानी वितरण हुने स्थानमा चिसो पानीमा भिजाइएको स्पञ्ज पनि वितरण गरिएको थियो। प्रतिस्पर्धीभन्दा प्राथमिक उपचार गर्ने व्यक्तिहरूको संख्या धेरै थियो। केही प्रतिस्पर्धीलाई ह्वीलचेयरबाट ल्याउनुपरेको थियो।

“विश्वमा आइरहेको वातावरणीय संकटका कारण घरभित्र बस्नु नै बाँच्ने एउटै उपायजस्तो देखिन्छ,” कतारी अमेरिकी कलाकार सोफिया अल मरियाले भनिन्, “खाडीको अवस्था भविष्यको सूचक हो।”

जलवायु तथ्याङ्क वैज्ञानिक जेक हाउस फादरले भने,“आर्कटिकबाहिर कतार विश्वमै छिटो तातिरहेको क्षेत्रमध्ये एक हो। त्यहाँ हुने परिवर्तनबाट हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्न हामीले केही नगरे के हुन्छ भन्ने बुझ्न सकिन्छ।”
 

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्