चुनावका लागि भोलिदेखि तीन दिन सीमा नाका बन्द
काठमाडौं, वैशाख २६: स्थानीय निर्वाचनका लागि भोलिदेखि तीन दिन सीमा नाका बन्द हुने भएका छन्।गृह मन्त्रालयका अनुसार भोलि राति १२ बजेदेखि वैशाख ३०...
काठमाडौं, वैशाख २६: स्थानीय निर्वाचनका लागि भोलिदेखि तीन दिन सीमा नाका बन्द हुने भएका छन्।
गृह मन्त्रालयका अनुसार भोलि राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुनेछन्। चीन र भारत दुवैतिरका नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ।
चुनाव हुँदा अन्तर्राष्ट्रिय नाका बन्द हुने गरेका छन्। यसअघि पनि चुनावको वेला सीमा नाका बन्द गरिँदै आएका थिए।
मौन अवधिमा सीमा नाका बन्द गर्न लागिएको हो। मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ। मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन।
यससँगै सीमा नाकामा सुरक्षा व्यवस्था पनि कडा गरिएको गृह मन्त्रालयले जनाएको छ।
यससँगै मौन अवधिमा मदिराको विक्री वितरण पनि बन्द गरिएको छ। चुनावी सुरक्षालाई ध्यानमा राखेर मदिराको विक्री वितरणमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











