Kathmandu Press

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख २६ : स्थानीय वायु र भारतको बिहार तथा पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज देशका विभिन्न स्थानमा वर्षाको...
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख २६ : स्थानीय वायु र भारतको बिहार तथा पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश, बागमती प्रदेश र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्