Kathmandu Press

धारिलो हतियार प्रहार गरी युवकको हत्या

चितवन, वैशाख २६ : भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात...
धारिलो हतियार प्रहार गरी युवकको हत्या

चितवन, वैशाख २६ : भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोकका ३० वर्षीय अनिल परियारको हत्या भएको हो।

उनी अज्ञात समूहको आक्रमणबाट घाइते भएका थिए। उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले बताए।

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्